हिन्दी च्यानल देखाएको भन्दै डिसहोम तोडफोड

dishhomeकाठमाडौं- विप्लव नेतृत्वको माओवादीले ललितपुरको भैंसेपाटीको डिस होमको मुख्य टावर ध्वस्त पारेको छ।

प्रत्यक्षदर्शीले प्रहरीलाइ दिएको जानकारी अनुसार टावरमा वम प्रहार गरिएको थियो। टावर र कार्यालयमा आगजनी भएर ठूलो क्षति भएको बताइएको छ।

माओवादीले भारतीय टेलिभिजन च्यानल बन्द गर्न बारम्बार चेतावनी दिदै आएको थियो। डिसहोम टावर ध्वस्त भएपछि डिसका च्यानल प्रशारण बन्द रहेका छन्।

डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले आक्रमणबाट टावरमा क्षति पुगेको बताउँदै वैकल्पिक उपायबाट अहिले अवरुद्ध रहेको प्रसाण छिट्टै सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिए ।