लोकमानविरुद्ध उत्रिए कनकमणि

kanak mani dixitकाठमाडौं- साझा सहकारीका अध्यक्ष एंवम पत्रकार कनकमणि दीक्षितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसहित आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायरा गरेका छन्।

आयोगले विधि र तरिका विपरित आफ्नो सम्पत्ति विवरण मागेको भन्दै सर्वोच्चमा मुद्धा हालेको दीक्षितले जानकारी दिए । ‘मलाई अख्तियारमा उपस्थित हुनु भन्ने पत्रका आधारमा म गत बिहीबार आयोग पुगेको थिएँ,’ दीक्षितले भने, ‘किन बोलाएको हो भन्दा उहाँहरुले मेरो सम्पत्ति विवरण बुझाउन भन्नुभयो, त्यो विधि र तरिका कानुनसम्मत छैन भनेर सर्वोच्चमा मुद्धा हालेको हुँ।’

उनले आयोगले आफ्नो बारेमा भएका उजुरी र आरोपबारे केही नखुलाई सम्पत्ति विवरण मागेको र कानुनसम्मत नभएको भन्दै अख्तियारका कदम कानुनसम्मत भए आफू सम्पत्ति विवरण बुझाउन पनि तयार रहेको बताए। ‘हचुवाका भरमा नभई विधि र प्रक्रियाबाट मागे म आफ्नो सम्पत्ति विवरण दिन तयार छुँ,’ उनले भने।