काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आम जनताको जनजीवनमा चासो प्रकट गर्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
पृथ्वी जयन्तीको अवसरमा पारेर पूर्व राजा शाहले जारी गरेको वक्तव्यमा भनिएको छ– नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परेको छ, यो गम्भीर चिन्ताको बिषय हो ।
त्यस्तै वक्तव्यमा भनिएको छ– जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छाडेको हुँ । मैले नेपाली घरवार छोडेको छैन । वक्तव्यमा अगाडि भनिएको छ–अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ।






