काठमाडौं। राजधानीको चाबहिलमा एक नवजात शिशु फेला परेको छ । झोलामा पोको पारेर फालेको अवस्थामा प्रहरीले बिहीबार बिहान शिशु फेला पारेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको हो । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।






