सिड्नी तक्दीर अधिकारी । पोखरा समाज अस्ट्रेलियाको शुभकामना कार्यक्रम गत शनिबार सम्पन्न भयो । राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका समाजसेवी राजेन्द्रमणि लामिछाने, एनआरएनए अस्ट्रेलियाका युवा संयोजक ईसाद अहमद, तमु समाज अस्ट्रेलियाका अध्यक्ष दिनेश गुरुङ र नेपाली समाजका महासचिव सन्तोष आचार्यको सहभागिता थियो । ध्रुव गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रम महासचिव समित केसीले गरेको ४ वटा प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।
नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउन अष्ट्रेलियावासी नेपाली समुदायलाई आआफ्नो ठाउँबाट सगरमाथा र भगवान बुद्धको प्राचार प्रसार गर्दै पर्यटक पठाउने अभियानमा लाग्ने र लाग्नलाई सबैलाई आवाह्न गर्ने । नेपाली भाषा संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन गर्दै भावी सन्ततिलाई सुम्पिनका लागि प्रवासी नेपालीको घरघरमा अभिभावकले आफ्ना छोराछोरीलाई नेपाली भाषा, संस्कृति र परम्पराका बारेमा बुझाउन र सिकाउन अनुरोध गर्ने ।

नेपाली चाडपर्व र रितिरिवाजको निरन्तरतासहित नेपाली समुदाय बिचको आपसी समजदारी र एकतालाई मजबुत बनाउदै समाजमा योगदान पु-यायका ब्यक्तिलाई सम्मान गर्ने गरी पोखरा समाज अष्ट्रेलियाको बार्षिक कार्यक्रमलाई निरन्तर दिँदै हरेक बर्ष दशै तिहारका बीच शुभकामना तथा सम्मान कार्यक्रम गर्ने । व्यवस्थित र मर्यादित बनाउदै संस्थालाई नयाँ उचाइमा पु-याउनका निम्ति कास्कीबासी समुदायलाई संस्थाप्रति जिम्मेवार र उत्तरदायी बनाउनका लागि आजीवन सदस्यता निश्चित मापदण्ड बनाएर वितरण गर्नेलगायतका प्रस्ताव पारित गरेको थियो ।
सबैलाई समेटेर आगामी दिनमा विविध कार्यक्रमका साथ निरन्तर सस्थालाई अगाडि बढाउनु पर्ने प्रमुख अतिथि ध्रुव गुरुङले बताए । हिजोका दिनमा भएको सबैखाले कमिकमजोरीलाई बिर्सेर संस्थाभित्र गोलबन्द भएर अगाडि बढ्नुपर्ने प्रमुख अतिथि गुरुङले बताउनुभयो । कार्यक्रम संस्थाका महासचिव समित केसीले सञ्चालन गरेका थिए । अध्यक्ष राजकुमार अधिकारीले भने “हिजोका सबैखाले कमिकमजोरीहरु लाई बिर्सियर सस्था भित्र गोलबन्द भयर अगाडि बड्दै, देखिने गरि सामाजिक कर्म बाट सस्थालाई नयाँ उचाइमा पुर्याउन सहयोगका निम्ति सबैलाई आवाह्न गर्दछु”। सस्थाका उपाध्यक्ष तारा गुरूङ कार्यक्रम को सम्योजक रहेका थिए ।
उक्त कार्यक्रममा एनआरएनए अष्ट्रेलिया एनएसडब्लुका सचिव दिपक पहारी र सञ्चार क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै तक्दीर अधिकारीलाई सम्मान गरियो ।






