सचिवमा कस-कसको सिफारिस ?

singha durbarकाठमाडौं- विभिन्न निकायमा रिक्त चार सचिव पदका लागि १० जना वरिष्ठ सहसचिवको सिफारिस भएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मंगलबार सिंहदबारमा बसेको सचिव बढुवा सिफारिस समिति बैठकले वरिष्ठ सहसचिवको सिफारिस गरेको हो । बढुवा समितिले कार्यसम्पादन र ज्येष्ठताका आधारमा सबैभन्दा अघि रहेका सहसचिव चन्द्रकुमार घिमिरेलाई स्वतस् सचिवमा सिफारिस गरेको छ ।

बाँकी तीन पदका लागि नौजनाको सिफारिस गरिएको छ । सिफारिस गरिएका नौजनामध्येबाट सरकारले तीनजनालाई छनोट गर्नेछ ।

तीन पदका लागि सिफारिस गरिएका सहसचिवमा शशिशेखर श्रेष्ठ, लोकप्रसाद आचार्य, शंकर कोइराला, मुकुन्दराजप्रकाश घिमिरे, लोकहरि पाण्डे, पुरुषोत्तम पौडेल, महेन्द्रमान गुरुङ, लक्ष्मीप्रसाद ढकाल र लवदेव अवस्थी छन् ।