तमुधि लन्डन इकाई द्वारा तिहार विशेष देउसी-भैलो कार्यक्रम भब्य रुपले सम्पन्न-(फोटो फिचर)

लन्डन । तमुधि लन्डन इकाईको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

दोश्रो महान चाड तिहारको अवसरमा तमुधि लन्डन इकाईले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यसवर्ष पनि साउथ ह्यारो स्थित आर ए एफ कल्चर सेन्टरको सभाहलमा भव्यताका साथ सम्पन्न भएको हो ।

आइतबार लन्डनमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग सभापति तथा तमु धिं यूकेकाअध्यक्ष नन्दजंग गुरुङ र उनका धर्मपत्नी जगतकुमारी गुरुङ प्रमुख अतिथि रहेका थिए । बार्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङ बिशेष अतिथि रहेका थिए ।

देउसी भैलो सम्पन्नका लागि बिशेष भूमिकामा आमा समुहकी अदक्ष्य श्रीमती दिल माया गुरुङ्ग,महासचिव हेलिसा गुरुङ,कोषाध्यक्ष बिनु गुरुङ तथा समाजका उपाध्यक्ष चेत प्रसाद गुरुङ लगायत प्रतिनिधीहरु रहेका थिए।

देउसी भैलो कार्यक्रममा प्रमुख अतिथि तमु धिं यूकेकाअध्यक्ष नन्दजंग गुरुङ तमुधी लण्डन इकाईकाअदक्ष्य चन्द्र बहादुर गुरुङ्ग,आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ,तथा पूर्व अध्यक्ष दिपक (डेविट) गुरुङ,ले सामूहिक रूपमा दीप प्रज्वालन गरी समुद्घाटन गरेका थिए ।औपचारिक कार्यक्रमलाई तमुधी लण्डन इकाईका महासचिब भरत गुरुङले संचालन गरेका थिए ।कार्यक्रममा तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ,उपाध्यक्ष जुमकाजी गुरुङ सल्लाहकार एकेन्द्र गुरुङ लगायत बिशेष अतिथि रहेका थिए ।

देउसी भैलो कार्यक्रममा म्यूजिक ब्याबस्थापनमा तमु धिं यूकेका कोषाध्यक्ष कुमार गुरुङ रहेका थिए भने सल्लाहकार (डेविट) गुरुङ तथा नारान गुरुङले रोचक सैलिमा देउसी भैलो भट्याउदै नाचगान मनोरंजन गराएका थिए । कार्यक्रमको उदेश्य परदेशमा व्यस्त समयका बाबजुत पनि आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन एबम नेपाली दाजुभाइ दिदिबहिनी हरु बिच शुभकामना आदान प्रदान गर्नु रहेको आयोजक तमुधी लण्डन इकाईकाअदक्ष्य चन्द्र बहादुर गुरुङ्गले बताए।

यसैबीच तमुधि लन्डन इकाईको आयोजनामा जनवरी ५ आइतबार लन्डनमा हुन् लागेको ल्होछारको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएन यूके)का नब-निर्बाचित कार्यसमितिका पदाधिकारीहरु लाइ स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको सल्लाहकार (डेविट) गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *