गेस्ट हाउसमा लगेर १ युवतीमाथी सामूहिक बलात्कार गर्ने यिनै हुन् ९ नरपशुहरु

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  बल’त्कारमा संलग्न सबै आरोपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेष्ट हाउसमा लगेका थिए । पछि मुगु छायानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई उनले बोलाए । सो रात मदिरा सेवन गरेर दुई जनाले सामूहिक बला’त्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अरु दुईवटा गेष्ट हाउसमा लगेर ती युवतीलाई बला’त्कार गरेको प्रहरीको भनाइ छ ।

क्लोज सर्किट सिसिटिभी क्यामेरामा देखिएको फुटेजमा बडुवालसँगै ती युवती हिँडेर गेस्ट हाउसमा गएको देखिएको छ । पुस १३ मा अरु ४ जना आरोपीहरुले उनलाई अर्को गेस्ट हाउसमा लगेको देखिन्छ । ​अर्घाखाँची घर भएका गोपाल कुमार श्रीषले अन्तिम पटक बला’त्कार गर्ने प्रयास गरेका थिए । त्यतिन्जेल ८ जनाबाट बला’त्कारको पिडा खेपेकी युवती अर्धचेत भैसकेकी थिइन् । त्यसैले आफूले बला’त्कार नगरेको र उनलाई ५ सय रुपैयाँ दिएर हिँडेको श्रीषले अनुसन्धान अधिकृतलाई बयान दिएका छन् । श्रीष वैदेशिक रोजगारीका लागि बुधवार कतार उड्दै थिए । पक्राउ परेपछि उनको कतार उड्ने टिकट काम लागेन । विदेशमा गएर कमाउने योजना पनि तत्कालका लागि विफल भएको छ ।

युवती आफैं प्रहरीमा पुगिन्

मंगलबार दिउँसो ३ बजे महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा एकजना युवती अर्धचेत अवस्थामा पुगिन् । र, भनिन्, ‘मलाई १० जना केटाहरूले बलात्कार गरेर भागे । बसपार्कका इन्स्पेक्टरले सो सूचना काठमाडौं प्रहरीलाई जानकारी गराए । ‘त्यसपछि हामीले पीडितलाई प्रसूति गृहमा उपचारका लागि पठायौं’ एसएसपी गिरीले भने,‘अनि, सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु गरेर आरोपीसम्म पुग्न सफल भयौं । सबैभन्दा पहिले पक्राउ परेका हुन्, गोपाल कुमार श्रीष । उनी गोंगबुमा भेटिए । युवती प्रहरीकहाँ पुगेको सुराक पाएपछि ६ जना आरोपी कलंकीमा जम्मा भएका थिए ।

काठमाडौं परिसरबाट खटिएको टोलीले ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेस्ट हाउस एण्ड खाजा घरबाटै पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’ आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली र शिवहरि बुढा एकै ठाउँमा लुकेर बसेका थिए । बुधवार बिहान पक्राउ परेका मुगुका हस्त नेपाली चाहिँ गोंगबुबाट पक्राउ परेका हुन् । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौं आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागि काठमाडौं आएको प्रहरीले बताएको छ ।महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको  प्रहरीले जनाएको छ ।