काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा पुस १५ गते अर्थात भोली विदा दिने निर्णय गरेको मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।।
सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत बन्द रहने भएका छन् ।







