लन्डन । प्रवासी नेपालीको संकृति , भेष , भूषामा काम गर्दै आएको प्रतिभा नक्षत्रले आगामी अगस्टमा दोश्रो प्रतियोगिता गर्ने तयारी अनुरुप नवप्रतिभा हरुको खोजीमा जुटेको छ । नक्षले सो प्रतियोेगिताको लागि अभियानै सञ्चालन गरि नवप्रतिभाहरुको खाजीमा जुटेको हो ।
बेलायतस्थित नेपाली समुदायभित्र नवप्रतिभाहरुको खोजी गर्ने अभियानमा जुटेको नक्षत्रले- मार्च ३ तारिख शनिबार उलवीचस्थित मुल ग्रेभ प्राइमरी स्कुल हलमा एक रात्रीभोज समेत गर्ने तयारी थालेको छ । प्रतियोगिताको तयारी स्वस्प आवश्यक कोष जुटाउने कार्यमा लागेको हो ।
प्रतिभा नक्षत्रका महासचिव एवं कार्यक्रम संयोजक लछुमन गुरुङका अनुसार नवप्रतिभाहरुको खोजी भइरहेको हो । प्रतिभा नक्षत्रका लागि लन्डन बाहेक वेल्स, स्कटल्याण्ड लगायतका क्षेत्रसम्म पुगेर प्रतियोगी खोजीने संयोजक गुरुङले बताए । उनका अनुसार प्रतियागितामा गायन, नृत्य, कलाकारिता सहितका जुनसुकै विद्यामा पनि विशिष्ट प्रतिभा हुनेहरुलाई कार्यक्रममा स्थान दिइनेछ ।
प्रतिभा नक्षत्र पहिलो संस्करणका संयोजक तथा आयोजक प्रतिभा नक्षत्रका संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको दोश्रो संस्करण निकै व्यवस्थित,भब्य र सब्य ढंगले गर्ने तयारीमा जुटेको लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा बताए ।
प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनले नेपालको कला, संस्कृति र संस्कारलाई जर्गेना गर्ने उद्देश्यले नवप्रतिभाहरुको लागि प्रतियोगिता भइरहेको बताइन् ।
प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले लन्डन नेपाल न्यूज डट कम सँग बोल्दै भाषा ,संस्कृति र प्रवर्दनको क्षेत्रमा काम गरिरहेको प्रवासी नेपालीहरुको एक गैर नाफा मुलक संस्था प्रतिभा नक्षेत्रले बेलायतमा नेपाली प्रतियोगीहरुलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्मका रुपमा यसलाई अगाडि बढाइएको बताए ।
यसै बीच खस समाज यूकेका अध्यक्ष इन्द्र कार्की खस, साहित्यकार वासु शर्मा, रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ ,प्रसिद्ध प्रधान, सन्तोस कार्की ,बाबु राना लगायतले यस्ता कार्यलाई निरन्तरता दिन आवश्यक भएकोमा जोड दिएका छन् । कार्यक्रमको मोडोलिटी तयार भएपनि कार्यक्रम गर्ने मिति भने तय भएको छैन ।






