लण्डन । नेपाली सांगीतिक यात्रामा एउटा छुट्टै पहिचान बनाएका गुल्मेली चर्चित गायक सन्तु थापा मगरले नयाँ गीत “हासेर बोल ” सार्वजनिक गरेका छन ।
उक्त गीतमा सन्तु र निर्मला थापा मगरको स्वर रहेको छ भने मिलन लामाको लय /शब्द रहेको छ । भिडियोलाई बब्बु थापाले निर्देश्न गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् ।
गीतमा गायक सन्तु थापा सँग मिलन लामा र रिना थापा मगर नाचेर बबाल गरेका छन् ।
“भेट हुँदा हाँसेर बोल ,फेरी फेरी भेट होला नहोला “यस गीतमा छुट्टै मिठास भएको धारणा राख्छन् सन्तु ।
यस अघि उनको “तम्घास बजार ” बोलको गीतले लाखौं श्रोताको मन जित्न सफल भएको थियो ।
उक्त गीतको भिडियो रेसुङ्गा म्युजिकले बजारमा ल्याएको हो ।







