विदेशमा सम्झिएको नेपाली गाउँ (भिडियो)

जो जहाँ पुगेपनि आफ्नो गाउँ ठाउँको मायाँ कसलाई हुँदैन र ? आफनो देश छाडेर बिदेशिएका केही युवाहरुले आफ्नो गाउँ ठाउँलाई म्युजिक भिडियोमार्फत सम्झेका छन् ।  स्पेनमा रहेका केही युवाहरुले इनास म्युजिकल ब्याण्ड स्पेनमार्फत तयार पारेको ‘कस्तो भयो होला मेरो गाउँ ठाउँ’ बोलको गीत  सोमवार एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।

spain-music-news

प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना र कल्पनाको शब्द संयोजन गरिएको यस गीतका गीतकार सुमन बैरागी तथा संगीतकार निरज श्रेष्ठ रहेका छन । तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जिवन बिताउन पुगेका नेपालीहरुको विभिन्न भिडियो फुटेजलाई सम्पादन गर्दै तयार पारिएको छ ।