प्रतिच्छित चलचित्र ‘होस्टेल रिटर्न्स’ ट्रेलर (भिडियो)

प्रतिच्छित चलचित्र ‘होस्टेल रिटर्न्स’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले निर्देशक सुरज भुषालको जन्मदिनको उपहार भन्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिकसँगै निर्देशक भुषालको जन्मदिनको केक पनि काटियो । सार्वजनिक ट्रेलर रोमाञ्चल लाग्छ । ट्रेलरमा होस्टेलमा बस्ने युवायुवतीको अवस्थासहितको रमाईला पक्षहरु तथा उनीहरुको होस्टेलको जीवनशैलीलाई चित्रण गरिएको भेटिन्छ ।hostel returns dr b'day हिट चलचित्र ‘होस्टेल’ को सिक्वेल यो चलचित्रको अहिले पब्लिसिटी व्यापक बन्दैछ । चलचित्र युनिटले सैक्षिक कार्यक्रममा समेत होस्टेल रिटर्न्सलाई सँगसँगै राखेर सबैका लागी सिक्षा जस्तो कार्यक्रम पनि अघी बढाएको छ ।

 

hostel returns dr suraj bhusal and heroin swostima khadkaदुर्गिश फिल्मस् को ब्यानरमा तयार यो चलचित्रमा सुनिल रावलको लगानी छ । सुनिल एकपछी अर्को गर्दै हिट चलचित्र पस्किने निर्मातामा पर्छन् । उनले निर्माण गरेका ‘सायद’ र ‘होस्टेल’ दुबै चलचित्र दर्शकको मन जित्न सफल बने । यो चलचित्रमा शशी श्रेष्ठ, सुशिल श्रेष्ठ, नाजिर हुसैन, सुशिल सिटौला, स्वस्तिमा खड्का लगायतका कलाकारहररुको अभिनय छ ।hostel returns sunil rawal and sushil shrestha