काठमाडौं- प्रधानमन्त्री केपी ओलीले गृह, रक्षा र सुरक्षा निकायका प्रमुखहरुसँग आकस्मिक बैठक गरेका छन् ।
बैठकले लगातारको चिसोमाथि हिमपातसमेत मिसिएर कष्टकर जीवन बिताइरहेकाहरु समक्ष राहतका सामग्री तत्काल पुर्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित र हिमपात भएका हिमाली क्षेत्रमा तत्काल राहत सामग्री पुर्याउने व्यवस्था मिलाउन गृह र रक्षा मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
हिमपातबाट सबैभन्दा बढी प्रभावित गोरखाका विभिन्न क्षेत्रमा राहतका साथै चिकित्सक टोली पुर्याइने छ । त्यसको जिम्मा भने नेपाली सेनालाई दिने निर्णय गरिएको छ । अरु क्षेत्रमा भने आवश्यकताका आधारमा राहत सामग्री पुर्याइने निर्णय बैठकले गरेको छ ।







