बेलायतबाट नेपाल भ्रमण गर्ने पर्यटक १५ प्रतिशतले वृद्धि, भ्रमण वर्ष सफल बनाउन समिति गठन गर्ने तयारी

लन्डन- बेलायतबाट नेपाल भ्रमण गर्ने पर्यटक १५ प्रतिशतले वृद्धि भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको दूतावासले जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६ प्रतिशत बढि हो ।

नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाइने दाबी गरे ।

यसैबीच, ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन बेलायतमा एक उच्चस्तरीय समिति गठनको तयारी भएको छ । नेपाली राजदूत डा। सुवेदीको अध्यक्षतामा आगामी जनवरी १९ साँझ दूतावासमा विशेष कार्यक्रमबीच एक उच्चस्तरिय समिति यूके बनाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *