काठमाडौं- प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ ।
विहान ८ देखि अपराहन्न ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ ।
मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुने छ । प्रमुख निर्वाचान आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको बताए ।






