क्षेत्री समाज यूकेको अध्यक्षमा श्रद्धा थापा निर्विरोध,मार्च २५ मा औपचारिक घोषणा हुने,

लन्डन । क्षेत्री समाज यूकेको अध्यक्ष पदमा श्रद्धा थापा निर्विरोध भएकी छन्।ऐतिहासमा पहिलो पटक महिलाले नेतृत्व गर्ने भएकी हुन् । संस्थाको आठौँ वार्षिक साधारणसभाको लागि वर्तमान उपाध्यक्ष थापाको एक मात्र उम्मेदवारी परे पछि उनी निर्विरोध भएकी हुन् ।

साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।निर्वाचन प्रक्रिया पूरा भइसकेको र उमेद्वारहरुबाट प्राप्त दरखास्तमध्येबाट अन्तिम नामावलीसमेत प्रकाशन गरिएको प्रमुख निर्वाचन आयुक्त प्रेम खड्काले जानकारी दिए।

निर्वाचन समितिको अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा श्रद्धा थापा, उपाध्यक्षहरु टेकबहादुर घर्ती र दीर्घ केसी, महासचिवमा ध्रुब बहादुर गौतम, कोषाध्यक्षमा अन्जना थापा, सह–कोषाध्यक्षमा सम्झना अधिकारी क्षेत्री, सचिवमा राजु बोहोरा, मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, पब्लिक रिलेशन सेक्रेटरीमा दिलबहादुर जीसी, कल्चरल सेक्रेटरीमा हिमा क्षेत्री, ओमेन कोअर्डिनेटरमा माया केसीको उम्मेद्वारी परेको छ ।

यसैगरी सदस्यहरुमा टोपबहादुर राउत (रुपेश), सरोज थापा, अन्जना थापा, अजय थापा र रामबहादुर कार्की (शिव) को उम्मेद्वारी प्राप्त भएको प्रमुख निर्वाचन आयुक्त खड्काले जानकारी दिए ।

संस्था संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यही मार्च २५ तारिख शनिबार अल्डरसटस्थित एम्पाएर हलमा हुने साधारणसभाले संस्थाको नयां नेतृत्वको औपाचारिक रुपमा घोषणा गर्नेछ ।