नेपालले सार्कको ‘मिनी शिखर सम्मेलन’ गर्ने

SAARCकाठमाडौं- नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ‘मिनी शिखर सम्मेलन’ गर्ने भएको छ ।

पाकिस्तानले आगामी नोभेम्बरमा १९औं शिखर सम्मेलनको प्रस्ताव गरेलगत्तै नेपालले फागुनभित्र विदेशमन्त्री स्तरीय बैठक गर्न लागेको हो । १८औं शिखर सम्मेलन आयोजना गरेको नेपालले गत मंसिर/पुसमै मिनी सम्मेलन गर्नुपर्नेमा भूकम्प तथा भारतीय नाकाबन्दीलगायत कारण ढिलाइ भएको थियो ।

राष्ट्रसंघीय महासभाको साइडलाइनमा सार्क सचिवालयले विदेशमन्त्री स्तरीय अनौपचारिक बैठक गरेकाले सम्मेलन केही पर सरेको हो । शिखर सम्मेलनमा झैं सबै नियमित बैठक हुने हुनाले विदेशमन्त्री स्तरीय बैठकको महत्त्व भएको परराष्ट्र अधिकारीले बताए ।