काठमाडौं- आइतबार दिनभरमा विभिन्न नाका हुँदै १०० ट्यांकर इन्धन नेपाल भित्रिएको छ । यस अतिरिक्त ती नाकाबाट मालवाहक सवारी साधन पनि भित्रिएका छन् ।
आइतबार काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट पेट्रोलियम पदार्थ बाहेकका ३५ वटा मालवाहक गाडी नेपाल भित्रिए ।
यस्तै विराटनगर–जोगबनी नाकाबाट दिनभरमा २५ ट्यांकर डिजेल, १२ ट्यांकर पेट्रोल, १७ बुलेट ग्यास, १० ट्रक औषधी, १ ट्यांकर मट्टितेलसहित १६० वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
भैरहवा–सुनौली नाकाबाट आइतबार दिनभरमा १३ बुलेट ग्याससहित २१५ वटा मालवाहक गाडी नेपाल भित्रिएको सीमा प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
उता, नेपालगञ्ज–रुपैडिहा नाकाबाट २७ ट्यांकर डिजेल, २ बुलेट ग्यास, २ बुलेट हवाई इन्धन, एक ट्यांकर मट्टितेलसहित ५५ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
बीरगन्ज–रक्सौल नाका भने अझै ठप्प छ ।






