महतोले विमानस्थलमा भने, ‘प्रधानमन्त्रीको विशेष आग्रहमा काठमाडौं आएँ’

rajendra-mahato1
काठमाडौं- सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफू प्रधानमन्त्रीको विशेष आग्रहमा काठमाडौ आएको बताएका छन् । आफू दिल्लीबाट सिधै मधेस जाने योजनामा रहेको तर प्रधानमन्त्री ओलीले फोन गरेर काठमाडौं आउन विशेष आग्रह गरेपछि आफू दिल्लीबाट काठमाडौ आएको उनले बताएका हुन् ।

दिल्लीबाट आइतबार काठमाडौं फर्किएका अध्यक्ष महतोले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री ओलीले मधेशको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । समस्या समाधान गर्ने पक्षमा हामी पनि छौं । प्रधानमन्त्रीले समास्या समाधान गर्छु भनेपछि मात्र आएको हुँ । यदि समस्या समाधान भएन भने फेरि मधेसमा जान्छु र आन्दोलन गर्छु, अहिले नै केहि बिग्रेको छैन ।’

प्रधानमन्त्री ओलीसँग भेटिसकेपछि सोमबार कांग्रेस सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि भेटेर छलफल गर्ने उनले बताए ।
‘मुख्य एजेण्डा भनेको सीमांकन नै हो, सीमांकन नै नहुने गरि, सिमांकन नै धराप पर्ने गरि सहमति हुँदैन,’ उनले भने, ‘हामीले मधेसमा दुई प्रदेश भनेका छौं । त्यसमा सहमति गर्छौं ।’