गुट उपगुटले पार्टी कमजोर भयोः शेखर कोइराला

  • शरद रेग्मी

shekhar koiralaदाङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अंगिकृत नागरिकताधारिलाई नेपालको सर्वाैच्च पद कदापी स्वीकार्य नहुने वताएका छन् ।

रिपोटर्स क्लव दाङले तुलसीपुर आयोजना गरेको साक्षात्कारमा नेता कोइरालाले सबै देशको आफ्नै नियम हुने हुँदा अंगिकृत नागरिकताधारीलाई मुलुकको संवैधानिक पदहरु दिन नसकीने वताएका हुन । तर उनले काठमाडौंले मधेसी मोर्चालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको वताए । उनले भने ‘मधेसी मोर्चाका मागहरु सम्वोधन नगर्ने हो भने देशले झनै विकराल समस्या भोग्ने छ । उनीहरुका जायज मागहरु सम्वोधन गरिनुपर्छ ।’ उनले मधेस पनि नेपाल भएको र मधेसीमा राष्ट्रियताको सवाल झनै छ भन्ने बुझ्नु जरुरी रहेको वताए । मोर्चाले राखेका ११ बुँदे माग मध्ये प्रमुख मागहरु ४ बुँदा मात्रै रहेको उल्लेख गर्दै उनले समानुपातिक समावेशीताको आधारमा अगाडी वढ्नुपर्ने वताए ।

कोइरालाले १३औं महाधिवेशनले ६० र ४०को गुटवन्दी अन्त्य हुन्छ कांग्रेस नेता कोईरालाले आसन्त १३औं महाधिवेश बाट राष्ट्रियतालाई मजवुत र लोकतन्त्रलाई सुद्धिढिकरण गर्ने नेतृत्व आउनुपर्ने बताएका छन् ।

पार्टी भित्रको गुट उपगुटले पार्टी कमजोर वनेको तर्क गर्दे उनले अबको अधिवेशन एकताको अधिवेशन वनाउन जरुरी रहेको वताए । उनले भने ‘ मलाई सुशीलपनि चाहिएको छैन, शेरवहादुरजी पनि चाहिएको छैन म पार्टी भित्रको गुटगत राजनीति अन्त्य भएको हेर्न चाहन्छु ।’