एनआरएनए यूकेबाट ७ जना आइसीसी सदस्य निर्विरोध, को को आए ?

लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको रुपमा बेलायतमा रहेका ७ नेपालीहरु निर्विरोध निर्वाचित भएका छन् ।

यूकेबाट आइसीसी सदस्य पदमा ९ जनाले उम्मेद्वारी दिएका थिए । तर अन्तिम नामावली सार्वजनिक गर्ने क्रममा २ जनाले उम्मेद्वारी फिर्ता लिने भनेपछि सातै जना स्वतः निर्वाचित भएका हुन् ।

यसरी निर्विरोध हुनेहरु सदस्यहरुमा राजेन्द्र पुडासैनी,महेश अधिकारी, कोश्लेश्वर ढकाल, दिनेश घिमिरे, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल छन् । अर्क तिमल्सीना र केदार थपलीयाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि सबै स्थानमा सहमति भएको थियो ।

यद्यपि एनआरएनए युके निर्वाचन समितिले यसबारे औपचारिक घोषणा अझै गरिसकेको छैन।

जुलाई ३१ तारिख हुने निर्वाचनको लागि अध्यक्षमा प्रेम गाहामगर, रोजीना प्रधान राई र दिपक श्रेष्ठको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

यसअघि समितिले ३४ पदमा ६२ जनाले उम्मेद्वारी दर्ता गराएको जानकारी गराएको थियो । ३१ जुलाईमा नयाँ नेतृत्वको लागि अनलाईन मार्फत मतदान हुँदैछ ।