लण्डन । युके बस्ने गीतकार गीता सेरचनको शब्दमा चर्चित गायक रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ ।भिडियो हेर्नुस
पहाडी भेगमा पाइने पहरी फूलको प्रेमभाव रहेका गीतको भिडियोमा पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।
गीतका प्रोडयुसर बसन्त बस्नेत हुन् भने नवराज घिमिरेको छायाँकन ,राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको भिडियोमा नरेन खड्का,अनु शाह,बसन्त घिमिरे,पवित्रा शाहले अभिनय देख्न सकिन्छ ।






