शुभकामना आदान प्रदान गरी मनाइयो -डार्टफोर्डमा नेपालीनयॉं वर्ष साँझ

लण्डन । नयॉं वर्ष २०७६को अवसरमा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स यूकेले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

डार्टफोर्डस्थित टेम्पल हिल हलमा आयोजित कार्यक्रमको पहिलो चरणमा शुभकामना आदानप्रदान तथा सम्मान गरिएको थियो।

सोसाइटीका सचिव अर्जुन पौडेलले भने, “भौतिक रूपले नेपाल र नेपाली माटोबाट टाढा रहेता पनि नेपाल र नेपालीपनको मायाले डोर्‍याएर हामी सबै यो ठाउँमा भेला भएको हौँ।”

ससाना भाईबहिनीहरुको नेपाली तथा अङ्ग्रेजी राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रममा संस्थाकी सदस्य नमिता कार्कीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन।

सो अवसरमा नेपालबाट आउनुभएका ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्याैपाने, सस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायण भट्टराई र वर्तमान अध्यक्ष शेखर वाग्लेले विभिन्न विधामा मास्टर्स, ग्र्याजुएट, ए लेवल र जिसीएसई गरेकाहरुलाई सम्मान गरेका थिए ।

अध्यक्ष वाग्लेले विदेशी भूमिमा हुर्केका दोश्रो पुस्ताका नानीहरुलाई आफ्नो संस्कृति तथा परम्पराको जानकारीका लागि यस्ता कार्यक्रम जरुरी रहेको बताए ।

यस वर्ष पनि सस्थाले आफ्नो मुखपत्र सार्वजनिक गरेको थियो ।

दोश्रो चरणमा सङ्गम भंडारीले सन्चालन गरेको सांस्कृतिक कार्यक्रममा ससाना नानीबाबुहरुको नृत्य, गीत र अभिनयबाट दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । उक्त कार्यक्रममा क्रमशः सदीक्षा अधिकारी, रिया गिरी, महिमा पराजुली , सन्जु श्रेष्ठ , प्राप्ति ढुंगाना, सरिसा पाण्डे , बिराट कोइराला, सम्राट कोइराला, सिजल गौतम , श्रष्ठा गौतम, सनुजा श्रेष्ठ , सरिशा पाण्डे , प्राम्शु ढुंगाना , बिभिशा, नोभा, शुश्मा ढुंगाना, शीला वाग्ले, श्रीकित वाग्ले लगायतले आआफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष रामकृष्ण अधिकारीले आमन्त्रित सबैलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *