स्कटल्याण्ड ग्लासगो मा नेपाली स्कटिश सोसाइटीको नयाँ वर्ष सम्पन्न

[vc_row][vc_column][vc_column_text]

लण्डन – नेपालीहरुबीच नयाँवर्ष को शुभकामना आदान प्रदान गर्ने उदेश्यले स्कटल्याण्डको ग्लासगोको प्याट्रीक मा नेपाली नयाँवर्षको दिन शुभकामना सांगीतिक साँझको आयोजना गरियो। नयाँ वर्षको सांगीतिक कार्यक्रममा नेपाली राष्ट्रिय एबम् स्थानिय गायक तथा बालबालिकाको गीत र नृत्यले सबै सहभागीहरू लाई मनोरञ्जन दिएको थियो। कार्यक्रममा बाल कलाकारहरु ले नेपाल भ्रमण बर्ष २०२० नेपाल घुम्न जाउँ भन्ने सन्देश प्रवाह गरेका थिए। कार्यक्रम लाई बाल मनोरञ्जन बनाउने उद्देश्यले बालबालिका बिशेष कार्यक्रम र खेलको समेत आयोजना गरिएको थियो।

नेपाली स्कटिस सोसाइटीले पहिलो पल्ट आयोजना गरेको यो कार्यकम सरोजा अर्यालले कार्यक्रम संचालन र कृष्ण दाहालले संयोजन गर्नुभएको थियो।उक्त कार्यक्रम को सुरुवात रबिन पञ्चकोटिले सिंगिङ वाउल मेडिटेसन बाट सुरु गर्नु भएको थियो।
कार्यक्रमको नृत्य को जिम्वेवारी समिका सुनुवार र बालबालिकाहरूको पुरस्कार प्रयोजन तथा व्यवस्थापन उज्वल कार्कीले लिनु भएको थियो।खाना र ब्यबस्थापन को जिम्वेवारी सेकुवा टेक अवे का संचालक नयन पञ्चकोटीले गर्नु भएको थियो।

कार्यक्रममा नवकृष पञ्चकोटी, योगेश पराजुली ,कोकिला दाहाल र बालबालिका हरुको उत्कृष्ट प्रस्तुती का साथै गीत ,नृत्य र बाँसुरी बाध बादनले दर्शकहरुलाई मनोरञ्जन दिएको थियो।

कार्यक्रममा स्कटल्याण्डका विभिन्न पेशाकर्मी, व्यापारी,समाजसेवी हरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा २०० भन्दा बढी व्यक्तिहरूको उल्लेखय उपस्थिति थियो। कार्यक्रम पूर्ण रूपमा सफल भएको र यस्तै किसिमको मनोरन्जनात्मक, सामाजिक कार्यक्रम र सामाजिक अभियानहरुलाई निरन्तरता दिने अभिप्रायले नविन पञ्चकोटीको संयोजकत्वमा नेपाली स्कटिस सोसाइटीको गठन भई ५ सदस्यीय प्रारम्भिक समितिको चयन गरेको छ।समितिमा नविन पञ्चकोटी, कृष्ण दाहाल,सरोजा अर्याल , उज्वल कार्की, सामिका सुनुवार रहनु भएको छ।

उक्त समितिले कार्यसमितिको विस्तार गरी कार्यविभाजन गर्ने जानकारी संयोजक नविन पञ्चकोटी ले बताउनु भयो।नव गठित समितिले संस्थालाई संस्थागत गर्दै चारिटी दर्ता गर्ने लगायत स्थानीय काउन्सिल सँग सामाजिक विकासमा सहकार्य गर्ने, बालबालिकाहरूको अतिरिक्त क्रियाकलाप,नेपाली भाषा सँस्कृति को विकास गरी नेपाल र नेपाली समुदायको सर्वोपरी हितमा कार्य गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा उपस्थित समाजसेवी व्यक्तित्व हरू प्रोफेसर केशव दाहाल , डा.केशव भट्टराई, डा.वरुण लाल कर्ण ज्यू हरुले शुभकामना सन्देश दिनु भएको थियो ।समाज सेवी डा.राम अधिकारी ले नेपाली संस्कृति झलकिने कार्यक्रमहरूले विदेशी भूमिमा पनि नेपालीको पहिचान बनाउन सफल भएको विषयमा चर्चा गर्नु भएको थियो।[/vc_column_text][/vc_column][/vc_row]

Leave a Reply

Your email address will not be published. Required fields are marked *