काठमाडौं- बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।
सिंहदरवारमा रुदै रुदै कानुनमन्त्रीले राजीनामा दिएका छन् ।
काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको उनको भनाई थियो ।
सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री तामाङले राजीनामाको घोषणा गरेका हुन् ।
उनले कतिपय आफ्नो विरोधमा केही तत्व पछाडि लागेका बताए ।
कतिपय कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए ।
आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको पनि उनले बताए ।
मौकिल हक सम्बन्धी १५ वटा कानुन कानुन मन्त्रालयबाट अगाडि बढेको पनि उनले बताएका छन् ।








