लण्डनमा गराइयो सामुहिक बेलविवाह र व्रतवन्ध (फोटोफिचर)

लण्डन । पासा पुचः गुथि यूकेको केन्द्रीय समितिको आयोजनामा सामुहिक वेलविवाह तथा व्रतवन्धको कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
पासा पुचः गुथि अल्डरसटको संयोजनमा लण्डनको साउथहलस्थित श्रीराम मन्दिरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसअवसरमा ११ जना बालिकाको वेलविवाह तथा २ जना बालकको व्रतवन्ध सामुहिक रुपमा गराइएको थियो ।
अमेरिकाबाट आएका नेवा ब्राम्हण राजगुरु भुपति राजानन्द राजोपाध्यले वेलविवाह तथा व्रतवन्धको कार्यक्रम गराएका थिए ।

पासा पुचः गुथि यूकेले सन् २०१३ देखि हरेक वर्ष सामुहिक वेलविवाह तथा व्रतवन्धको कार्यक्रम आयोजना गर्दै आएको छ । तर नेवा ब्राम्हण राजगुरुलाई नै निम्त्याएर यो कार्यक्रम गरिएको यस वर्ष पहिलोपटक हो ।

कार्यक्रममा पासा पुचः यूकेको केन्द्रीय समितिका साथै सम्पुर्ण क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
पासा पुचः गुथि यूकेका केन्द्रीय अध्यक्ष कुमार श्रेष्ठले कार्यक्रमको संयोजन गर्ने अल्डरसट शाखा तथा सहयोग गर्ने सबै क्षेत्रीय शाखा र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

हेरौं थप फोटोहरु :