अमेरिका । अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित एक पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार भएको छ।
गत सोमबार बड्डी ह्यान्डी मार्ट नामक पेट्रोल पम्म नजिकै रहेकी नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो। नेपालको गोरखा घर भएकी रचना श्रेष्ठमाथि जिमुन टेज हिल नामक युवकले गोली चलाएका थिए।
शरीरका विभिन्न भागमा ८ वटा गोली लागेकी श्रेष्ठको अवस्था गम्भिर रहेको पारिवारीक स्रोतले जनाएको छ। गम्भिर घाइते श्रेष्ठको अहिले स्थानीय सेन्ट फ्रान्सिस हस्पीटलमा उपचार भइरहेको छ।






