काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम धेरै लम्बिए र जनताले दुःख पाए कानुन अनुसार कारबाही गर्ने बताएका छन् ।
संयुक्त गठबन्धनको आन्दोलनलाई तमासा भन्दै उनले सरकारले धेरै दिन तमासा हेरेर नबस्ने स्पष्ट पारे । मदन भण्डारी र जीवराज आश्रितको २३औं स्मृती कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलन पनि शान्तिपूर्ण ढंगले गर्न पाउनुहुन्छ गर्नुस्, तर तोडफोड नगर्नस्, तोडफोड, हिंसा र झडपतर्फ लैजाने प्रयास भएको मैले देखेको छु त्यसो नगर्नस् । सडकमा उभिने हक छ । केहि दिन अरुलाई डिस्टर्ब नहुनेगरि, ट्रफिक जाम नहुनेगरि । तर सधैँ सरकारले यो हेरेर बस्दैन । मन लाग्यो भनेर दुई चार जना मान्छे आयो, उफ्रियो, ट्राफिक जाम गर्यो । यो तमासा धेरै चल्दैन ।’
उनले मधेसमा जनताले नरुचाएर लखेटेपछि यो आन्दोलनलाई काठमाडौंमा सारेको पनि वताए । उनको भनाई थियो, ‘तराई बन्द गरेर, आगो बालेर, हिंसा गरेर जनतालाई आजित बनाएपछि जनताले लखेटेर यो आन्दोलन काठमाडौं सरेको हो । अब तराइका जनताले यस्ता आन्दोलन सहन सक्दैनन् ।






