काठमाडौं- नेकपा एमालेले असोजको ५ देखि ७ सम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
स्थानीय निकायको निर्वाचन र संविधान कार्यान्वयन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो। पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तोकेको हो।
एमालेले स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगको काम छिटोभन्दा छिटो काम सम्पन्न अघिल्लो सरकारको कार्यतालिका अनुसार स्थानीय निर्वाचन गर्नुपर्ने बताएको छ।
एमालेले स्थानीय तहहरूको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्न सक्ने गरी उपयुक्त संख्यामा स्थानीय तह निर्धारण हुनुपर्ने बताएको छ।






