राष्ट्रपति डाक्टर रामवरण यादवले सत्तापक्षले अझै विपक्षीलाई सहमतिमा ल्याउन प्रयाप्त पहल गर्नुपर्ने बताएका छन् । उनले सत्तापक्षको पहल नपुगेको गुनासो गरे । उनले प्रमुख राजनीतिक दलहरुवीच संवाद र सहमतिको वातावरण नबनेकोमा चिन्ता पनि व्यक्त गरेका छन् ।
विहान संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङ्संग भएको भेटमा राष्ट्रपति यादवले सहमतिमा अग्रसरता देखाउन दलहरुलाई आग्रह गरे । उनले समयको सदुपयोग गर्दै संविधान निर्माणमा अग्रसरता देखाउन दलसँग आग्रह गरेको मुलुकलाई निकास दिन सत्ता पक्षले अग्रसरता देखाउनु पर्ने बताएको भेटपछि नेम्वाङले जानकारी दिए ।
नेम्वाङले सहमतिको पर्याप्त समय भए पनि दलहरुले चासो नदिएको बताए । ‘राष्ट्रपतिले सत्तापक्षले अझै पहल गर्नुपर्ने बताउनुभयो’ नेम्वाङले भने, ‘मैले संविधान निर्माण प्रक्रियाका विषयमा जानकारी गराउँदै दलहरुले सहमतिमा ध्यान नदिएको बताए । ’ ‘दलहरुले चाहेमा समस्याको समाधान हुन धेरै समय लाग्दैन’ नेम्वाङले पत्रकारहरुसँग भने ‘तर संवादमा नबस्नु दुःखद हो ।’
सभामुखसँग राष्ट्रपतिको गुनासो






