बीपी राजमार्ग हुँदै पूर्वी नेपाल तथा तराइका बिभिन्न भाग जाने यात्रुसँग बढी भाडा असुल्ने ५८ सवारीसाधनमािथ कारबाही गरिएकाे छ । सिन्धुलीको ढुंग्रेवास र चियावारी नजिकमा चेकजाँच गरि प्रहरीले पैसा फिर्ता गराएकाे हाे ।
काठमाडाैकाे कोटेश्वरबाट सिन्धुलीमाढीसम्म १४८ किमी कालोपत्रे सडकमा ८ देखि १० यात्रु अट्ने साना सवारीले २५ हजारसम्म भाडा असुलेको पाइएको छ । यसरी बढी भाडा लिनेबाट मगलबार र बुधबार दुई दिनगरी यात्रुलाई करिब ५ लाख रुपैंया फर्काइएको प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।
सरकारले बससेवा मार्फत नि:शुल्क घरफिर्ता गर्ने घोषणा गरे पनि महंगो रकम तिरेर रिजर्भ लिइ आउने चाप बुधबार पनि घटेको छैन् ।
मंगलबार मात्रै करिब १५ हजार सवारी साधन बीपी राजमार्ग हुँदै पूर्वी तराइ गएका छन् । बर्दिवाससम्मको १६० किलोमीटर सडकमा एउटा ट्याक्सीले २० हजारसम्म असुलेको पाइएको र त्यस्ताबाट रकम फिर्ता गरिएको ट्राफिक प्रहरीका रामेश्वर पाण्डेले जानकारी दिए ।







