मनाङ–मर्स्याङ्दी क्लब पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको अन्तिम क्वार्टरफाइनमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराएको हो । खेलको सुरुआतमा निकै दबाबमा रहेको मनाङका लागि दोस्रो हाफमा अनिल गुरुङले दुई गोल गरेका हुन् । अनिलले ५५औं र ८४औै मिनेटमा गोल गरे ।
आर्मीका राजिव गुरुङले एक गोल गरेपनि अन्य खेलाडीले अवसर सदुपयोग गर्न सकेनन् । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघिका खेलहरुमा विजयी हुँदै नेपाल पुलिस क्लब, सुदूरपश्चिमान्चल फुटबल क्लब कैलाली र थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
आर्मीलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा






