बारा- विजय युथ क्लब हेटौंडाले रुस्लान सातौं सिमरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पहिलो सहभागितामै विजय युथ च्याम्पियन बनेको हो । रूपन्देहीलाई ४–० ले हराउँदै विजय युथले मोफसलकै सर्वाधिक पुरस्कार राशिको पुरस्कार हात पार्यो । उसका विमल रानाले ह्याट्रिक गरे ।
सुरुवातदेखि दबाबमा राख्दै थुप्रै अवसर बनाएको रूपन्देही गोल गर्न चुकिरहेका बेला हेटौंडाले अग्रता लिएको हो । हेटौंडाका विमलले सुनीलको कर्नरमा हेडमार्फत २१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले ५९ औं मिनेटमा अग्रता दोब्बर पारे । सुनीलकै कर्नर सदुपयोग गर्दै विमलले ७९ औं मिनेटमा ह्याट्रिक पूरा गरे । सुनीलले भने सुनील विकको क्रसपासमा गोल गरेका थिए ।






