यूकेमा देविका केसीको व्यस्तता, मंगलबार चाल्टन समाजको तीजे कार्यक्रम

 

s4लन्डन– चर्चित लोकगायिका देविका केसीले यस वर्षको तीज यूके बसाइ पछि  क्यानडामा मनाउने भएकी छन् । यूकेका विभिन्न ठाउँमा हुने तीज विशेष कार्यक्रममा देविकाको साथमा बेलायतवासी नेपाली दिदी बहिनीका तिज बिशेस कार्यक्रम भब्य भएका छन् ।

देविकाले बेलायतमा हालसम्म १० वटा कार्यक्रम भइसकेको जानकारी दिइन् । यूके बसाइमा अरु पनि कार्यक्रम गर्ने योजना छ ।

गायिका देविकाले मंगलबार भने चाल्टनवासी नेपालीहरुसँग प्यारिस अफ आवर लेडी अफ ग्रेसमा तीज मनाउने भएकी छन् । समाजको वार्षिक साधारणसभाबाट टंक कँडेलले नेतृत्व लिएपछि पहिलोपटक भव्यरुपमा तीज मनाउने कार्यक्रम तय भएको छ ।miss uk 2016 092

यसैबीच समाजका पूर्वअध्यक्ष रोमनाथ पाण्डेलको आफ्नो सफल कार्यकालपछि आयोजना भएको कार्यक्रममा सहभागी हुन साउथ इस्टसहित लण्डनमा बसोबास गर्ने सबै नेपालीमा अपिल गरेका छन् ।

लोकदोहोरी गायमा चर्चित देविकाले स्टेजबाट झरेर सबै उमेर समूहका दर्शकलाई नचाउने क्षमता राख्छिन् ।miss uk 2016 095

उनले हालैमात्र सन्दीप न्यौपानेका साथ यो वर्षको नयां तीज गीत ‘मेरो मुटुमा केन्द्रविन्दू पारी’ सार्वजनिक गरेकी छिन् । उनका चर्चित लोकगायक पशुपति शर्मासँग गाएका ‘हामी नेपाली’ ‘पैसो’ ‘नेपाली नै होइन’ ‘बुहारीको पोइ हामीलाई कोइ न कोइ’ ‘बाजी ठोक्न आउ झिल्के’लगायतका चर्चित गीत गाएकी छन् ।

उनले सन्दिप न्यौपानेसँग रातो सारी, खुमन अधिकारीसँग फेसबुक चल्ने खाले आदि पनि चर्चित छन् । यसअघि नेपाली नयाँ वर्ष कार्यक्रममा यूके आउँदा पनि देविकाले कयौं कार्यक्रम गरि बेलायतवासी नेपालीको मन बटुलेकी थिइन् ।char

देविकाले तीजका बाँकी दिन भने क्यानडामा बिताउनेछिन् ।बेलायतको कार्यक्रम सकेर उनी आगामी ३० तारिखमा क्यानडा जाने कार्यक्रम छ ।

मंगलबार दिउंसो १ बजेदेखि राती १० बजेसम्म  कार्यक्रममा सहभागिताका लागि वयस्कलाई १० र बालबालिकालाई ५ पाउण्डको टिकट लाग्नेछ ।