सप्तरी घटनाको विरोधमा नेपाल बन्दको आह्वान

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले नेपाल बन्दको आव्हान गरेको छ ।
गठबन्धनले शुक्रवार नेपाल बन्दको आव्हान गरेको हो ।
गठबन्धनको वैठकले फागुन २६ गते जिल्ला सदरमुकामसहित काठमाडौंमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ संयोजक उपेन्द्र यादवले बताए ।
त्यसै गरी वैठकले सरकारलाई ७ दिनको अल्टिमेटम दिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय गरेको बताइएको छ । क्षतिपूर्तिसहित मृतकलाई सहीद घोषणा र घाइतेलाई निशुल्क उपचारको माग वैठक गरेको छ ।
वैठकले निर्वाचन फिर्ता लिन सरकारसँग माग गरेको छ ।
सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको वैठकको निष्कर्ष छ ।