काठमाण्डौमा एक पुरुषको विभत्स हत्या, टाउको र शरीर छुट्टाछुट्टै स्थानमा भेटियो

काठमाण्डौ
काठमाण्डौमा विभत्स रुपमा हत्या गरि सुटकेशमा फालेको अवस्थामा भेटिएको शव पोष्टमार्टमको निम्ती शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

गोंगबुस्थित गणेशस्थानमा हत्यापछि उनको शरिर र टाउको छुट्टाछुट्टै स्थानमा भेटिएको थियो ।
मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।

पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको थियो ।

सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले यस बिषयमा सक्ष्म तरिकाले अनुसन्धान सुरु गरेको छ ।