डा. महतको शल्यक्रिया

Ramsaranकाठमाडौँ- आफ्नै घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता डा रामशरण महतको आज कुर्कुच्चाको शल्यक्रिया गरिएको छ ।

घरको भर्‍याङबाट लडेर बायाँ खुट्टाको कुर्कुच्चाको हाड फुटेका पूर्वअर्थमन्त्री डा महतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँका सहयोगी रमेश महतले जानकारी दिनुभयो ।

उहाँको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । अझै दुई/तीन दिन उहाँलाई अस्पतालमै राख्न चिकित्सकले बताएको जनाइएको छ । उहाँ बुधबार अपराह्न लडेर घाइते हुनुभएको थियो ।