श्रीलंका र माल्दिभ्स विजयी

Basketballकाठमाडौं- श्रीलंका र माल्दिभ्सले प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्यामिपयनसिपमा शुक्रबार जित हात पारेका छन् ।

श्रीलंकाले बंगलादेशलाई ११५–११ अंकको विशाल अन्तरले पराजीत गर्‍यो । श्रीलंकाले पहिलो क्वार्टरमा २३–४, दोस्रोमा २२–२, तेस्रोमा २८–३ र चौथो क्वार्टरमा ४२–२ ले अग्रता लिएको थियो ।

अब श्रीलंका र नेपाल बिच शनिवार हुने प्रतियोगिताको अन्तिम खेलको नतिजाले विजेताको टुंगो लगाउने छ । राउन्ड रोविन लिंगका आधारमा संचालित प्रतियोगितामा श्रीलंका र नेपाल सबै खेलमा जित निकाल्दैस् समान ६÷६ अंक जोडेका छन् ।

शुक्रबार नै भएको अर्को खेलमा माल्दिभ्सले भुटानलाई ६९–४६ अंकले हरायो । माल्दिभ्सले पहिलोमा १९–११, दोस्रोमा १६–६, तेस्रोमा १२–२१ र चौथो क्वार्टरमा २२–८ अंक जोडेको थियो ।