सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको छ : डा. भट्टराई

लुम्बिनी- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन् ।

पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठककोसमूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त कुरा बताएका हुन् । ‘हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो,’ उनले भने, ‘तर अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नयाँ शक्तिले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने बताए । उनले समृद्धिको नारा नयाँ शक्तिको भए पनि यसको कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने भएकोले तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजानै बताए ।