काठमाडौं– चार महिना नपुग्दै पुष्पकमल दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिन सुरु भएको छ ।
संसदमा दुई सिट रहेको नेपाल परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दलको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको हो ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक विवादास्पद रहेको र जनभावना समेटन नसकेको भन्दै यथास्थितिमा समर्थन नगर्ने निर्णय गरेको प्रवत्ता सन्तोष कुमार पौडेलले बताए ।
समर्थन फिर्ताको निर्णय बुधबार सभामुख र प्रधानमन्त्रीलाई जानकारी गरिने महमन्त्री बिनोद डाँगीले बताए ।






