खुमलाटर बैठकले के गर्ला ?

काठमाडौं- एमालेसँग पार्टी एकताको विषयमा प्रचण्डले आन्तरिक परामर्श थालेका छन् ।

केही दिन यता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग लगातार संवाद गरेका प्रचण्डले आज एकताका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए ।

बैठक आइतवार बिहान सात बजेदेखि प्रचण्ड निवास खुमलटारमा बसेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् ।

आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो ।

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो ।

तर केही विषय नमिलेपछि एकता घोषणाको टरेको थियो । अर्को मिति निश्चित भएको छैन ।

त्यसैबीच प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।