काठमाडौं- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली रहेका थिए ।
नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना थिए ।
त्यसमा ३३ जना नेपाली नागरिक थिए ।
अन्य विदेशी नागरिक हुन् ।
अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रवत्ता ठाकुरले बताए ।
अहिलेसम्म २५ जनाको उद्धार गरिएको छ ।
उनीहरुलाई अस्पताल पुर्राइएको छ ।






