काठमाडौं- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।






