शिब भण्डारी
लण्डन । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा तमु सांस्कृतिक सांझ भब्य रुपमा हुदैछ,तमु प्ये ल्हु संघ युकेको आयोजनामा हुने तमु सांस्कृतिक सांझका लागि कलाकारहरु बेलायत आइपुगेका छन् । लोकगायक आरके गुरुङ, धन गुरुङ, लोक गायिका भिमु गुरुङ र रुपा गुरुङलाई लण्डन हिथ्रो एयरपोर्टमा आयोजकले भव्य स्वागत गरेका छन् ।
तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, क्या. डेमबहादुर गुरुङ, इन्जिनियर बिजय गुरुङ, संस्थापक अध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष पूर्ण बहादुर गुरुङ र फोटोपत्रकार मिलन तमु समेतले हिथ्रो विमानस्थल पुगेर खादा र फुलमालाले कलाकारको स्वागत गरे ।
संघको आयोजनामा आगामी १७ नोभेम्बर को सांझ अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना हुंदैछ । तमु प्ये ल्हु संघको सामाजिक भवन निमार्ण सहयोगार्थ कार्यक्रम गर्न लागिएको हो ।


कार्यक्रममा सहभागी भई ‘कोईन्बो धीं’ निर्माणमा सहयोग गरिदिनहुन तमु प्ले ल्हु संघ युकेले बेलायतबासी सबै नेपालीलाई हार्दिक अनुरोध समेत गरेको छ ,हेर्नुस कार्यक्रमको बारेमा थप जानकारी —






