विश्वकप फुटबलः इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

लण्डन । रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् ।

यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय आज राति पौने १२ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्नेछ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ ।