लण्डन
लामो समयदेखि फेसबुकमा रमाइला स्टाटस अनि बिभिन्न अनलाइन मिडियामा आफ्ना कथा र लेखहरु प्रकाशित गर्दै आएका रवि अर्याल,बिगत एक दशकदेखि बेलायतमा बस्दै आएका छन।अर्यालले लेखन शोकलाइ निरन्तरता दिने क्रमलाइ औपन्यासिक क्षेत्रसम्म पुर्याउने जमर्को गरेका छन।फिक्सनको दुनियामा उनको पहिलो कृति हो।
बुलबुल पब्लिकेशनको ब्यानरमा बजारमा आउन लागेको उनको यो डेब्यू नोवेलले नेपाल र बिदेशमा बस्ने थुप्रै नेपालीहरुको मन जित्ने विश्वास लिइएको छ।करिब ८० हजार शब्दहरु समेटिएको यो साहित्यिक कृतिको संक्षिप्त परिचय दिदै लेखक भन्छन। [“”””थेम्स डायरी] चार जना घनिष्ठ साथीहरुको कथा हो।उनीहरु होनाहार छन।एकसे एक छन।
जनक:- “काठमांडौमा जन्मेको करोडपतिको छोरा,धनी-गरीबको असमानताले वाक्क भएको उ पोलटिक्समा होमिन चाहन्छ!परिबर्तनको सुन्दर बिहानी राजनीतिले दुषित पारेको वाताबरणमा हु्न्न भन्ने उसको ठम्याइ छ।” बर्षा;- “जनकको छिमेकी।फास्ट फ्रेन्ड पनि!नर्स बन्ने सपना बुनेकी उ,भविष्यप्रति गम्भीर छे।” नवराज ;- “गाँउले केटा,उसको भेट उनीहरुसंग पुतलीसडकको एउटा कन्सलटेन्सीमा हुन्छ।भविष्यप्रति निरुद्देश्य छ उ।” ईभा;-“एक्स लाहुरेकी छोरी,डाउन सिन्ड्रमबाट गुज्रेको भाइको केयर गर्न उ यूके आंउदै छे।” अाम मान्छेहरु जस्तै उनीहरुको लक्ष्य जिन्दगीमा राम्रो करियर,सफलता,खुसी र प्रेम पाउनु छ।त्यसैले मौजुदा जीवन सुन्दर बनाउन यूके सम्मको यात्रा गर्छन।
तर,जनक र नवराजवीच एउटा साझा समस्या छ,:- “बर्षा…।” दुवैजनाले उसलाई मन पराउछन!… के बर्षाले पनि उनीहरुलाइ चाहन्छे?यदि हो भने कसलाई साथ दिन्छे? के जनक राजनीतिमा सक्सेस हुन्छ?लक्ष्यविहीन नबराज आखिर कस्तो गन्तब्य भेटाउंछ?
ईभाले यो ग्रुपमा कस्तो रोल खेल्छे?साथीहरुको यो समूहमा दरार आउला कि नआउला?…आदि ईत्यादि कुराको जबाफ थेम्स डायरीमा पाउनुहुनेछ।इगो,आत्मविश्वास,शंका र लघुतावास पात्रहरुमा अन्तर्निहित चरित्र हुन!यति मात्र हैन संसारलाइ हेर्ने अलग दृष्टिको मनोबैज्ञानिक अभिव्यक्ति पनि पाइन्छ।







