गुल्मी, २८ असार । मुसिकोट गाउँ विकास समिति वडा नं ६ चित्रुङ निवासी रेशम कुमालका दुई घरमा आज आगलागी हुँदा करिब रु दुई लाखको क्षति भएको छ । आगलागीबाट घरमा भएको नगद रु ५० हजार र एक लाख ५० हजारबराबरका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा नष्ट भएको वामी प्रहरी चौकीले जनाएको छ । साथै आगलागीमा परी एक गाई तथा १० कुखुरासमेत जलेर नष्ट भएका छन् ।
बिहान अचानक विद्युत् प्रवाह भई आगलागी भएको तथा मानवीय क्षति भने हुन नपाएको प्रहरी चौकी वामीका प्रहरी नायब निरीक्षक खेम बिसीले जानकारी दिनुभयो । आगो स्थानीयवासी तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
गुल्मीमा एकै व्यक्तिका दुई घरमा आगलागी






