युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले इन्टरनेटमा राखे नया कीर्तिमानी

5G High speed network internet connection. Reaching 5g, speedometer indicator, internet speed test, closeup view. 3d illustration

युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले विश्वकै तीव्र गतिको इन्टरनेटमा नयाँ कीर्तिमान बनाएका छन् ।

सो गति १७८ टेराबाइट्स प्रति सेकेन्ड (टीबीपीएस) अर्थात् १ लाख ७८ हजार जीबी प्रतिसेकेन्ड रहेको थियो । छिमेकी मुलुक भारतमा इन्टरनेटको औसत गति २ एमबी प्रति सेकेन्ड रहेको छ ।

उक्त परियोजना रोयल एकाडेमी अफ इन्जिनियरिङका डा. लिडिया गाल्डिनो, एक्सटेरा र किडी रिसर्चले तयार गरेको छ । यसअघि विश्वकै तीव्र गतिको इन्टरनेट अस्ट्रेलियामा दर्ता गरिएको थियो । सो बेला इन्टरनेटको गति ४४.२ टीबीबीएस रहेको थियो । अहिले दर्ता गरिएको गति चार गुणा बढी रहेको छ ।

यति तीव्र गतिको इन्टरनेटले तपाईं के गर्न सक्नुहुन्छरु तपाईंले नेटफिल्क्समा भएको सबै कुरा मात्र एक सेकेन्डमा डाउनलोड गर्न सक्नुहुन्छ ।

यस्तो तीव्र गतिको इन्टरनेट प्राप्त गर्न शोधकर्ताहरुले अप्टिक फाइबरको साटो उच्च रेन्जको वेभलेन्थ लागू गरेका थिए र नयाँ प्रविधिको प्रयोग गरेर सिग्नललाई टाढासम्म बुस्ट गरेका थिए । यस्तो तीव्र गति प्राप्त गर्न धेरै खर्च लाग्ने अनुमान गरिनु स्वभाविक हो । तर, शोधकर्ताहरु भने यो प्रविधिको प्रयोग गर्न अप्टिक फाइबरको प्रयोग भन्दा सस्तो हुने बताउँछन् ।

यद्यपि, यो प्रविधि प्रयोगकै चरणमा रहेको छ र सर्वसाधारणले चाँडै यो प्रविधिको प्रयोग गर्न पाउने सम्भावना कम रहेको छ ।