बेलायतमा कोरोनाको कारण निधन हुनेको संख्या ५० हजार नाघ्यो

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएको बेलायत युरोपियन मुलुकहरुमध्ये कोरोनाको कारण धेरै मानविय क्षति व्यहोर्ने देश बनेको छ ।
वोल्डोमिटरका अनुसार हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या १२ लाख ५६ हजार ७२५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ५१८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनहरुमा कोेरोनाका संक्रमित र निधन हुनेहरुको संख्या अत्याधिक बढेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले सबैलाई सचेतना अपनाउन भनेका छन् । दोस्रो लहर शुरु भएसँगै इँगल्याण्डमा दोस्रो पटकको लकडाउन घोषणा गरिएको छ ।